चितवनमा स्क्रब टाइफसबाट चार जनाको मृत्यु , २ सय ५४ मा गरिएको परीक्षणमा १ सय ६३ जनामा सङ्क्रमण

facebook sharing button

स्वास्थ्यखबरसोमबार, माघ १, २०८०  १०:२९

twitter sharing button
1140x725

चितवन– चितवनका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार चालु आर्थिक वर्षमा तीन हजार दुई सय ५४ जनामा गरिएको परीक्षणमा एक सय ६३ जनामा उक्त सङ्क्रमण देखिएको थियो। सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो। ती सङ्क्रमितमध्ये ८८ जना चितवनकै र बाँकी अन्य जिल्लाका थिए।

गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका तीन हजार चार सय ८५ जनाको परीक्षणमा पाँच सय १९ जनामा उक्त सङ्क्रमण देखिएको थियो। सङ्क्रमित सबै उपचारपछि घर फर्किएका थिए।

Share the Post: